धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तराष्ट्रीय बिमानस्थल निर्माणको सहयोगार्थ यही २९ गते प्रदर्शनमा आउन लागेको चलचित्र 'यात्रा : अ म्युजिकल भ्लग' ले ५० हजार सहयोग गरेको छ । चलचित्र निर्देशक सम्राट शाक्य , प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमा पुगेर संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका थिए ।
सहयोग स्विकार गर्दै धुर्मुस सुन्तली फाउन्डेसनका अध्ध्यक्ष सिताराम कट्टेलले आभार व्यक्त गर्दै चलचित्रको सफलताको शुभकामना दिए । सिताराम (धुर्मुस) ले आफुहरु थोपा थोपा संकलन गर्दै समुन्द्र बनाउने प्रयासमा रहेको र सम्पुर्ण सहयोगी मनहरुका कारण मात्र यो संभब हुने आषय व्यक्त गरे ।उनले फिल्म यात्रामा देखिने नेपालको सुन्दरताले नेपालको पर्यटन क्षेत्रलाई पनि टेवा पुग्ने विश्वास कुरा बताए। धुर्मुस सुन्तलीको अभियानमा साथ दिन पाउदा निकै खुसि लागेको प्रस्तुतकर्ता चिकुमार श्रेष्ठले बताए । ‘हामीले अभियानमा एउटा सानो सहयोग गरेका छौ तर यो अरुका लागि प्रेरणा बन्न सक्छ’ उनि भन्छन् ‘फिल्मले नेपाली सुन्दरतालाई देखाउनेछ , उनले थपे ।
यसैगरी निर्माता सुशील पोखरेलले अभियानकै सहयोगार्थ हुन् लागेको मातृभूमि कपमा आफ्नो टिम क्रिकेट खेल्न जाने समेत बताए ।डेब्यु फिल्म मार्फत नै आफुलाई युवापुस्ता माँझ स्थापित गराउन सफल भएका सलिन यसमा भ्लगरको भूमिकामा छन् । फिल्ममा सलिनसँगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर लगायतको अभिनय रहेको छ ।