विदेशमा चलचित्र खिच्ने लहर चलिरहेको बेला पूजा शर्मा,आकाश श्रेष्ठको अभिनय रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिम यतिबेला लण्डनको छायांकन सकेर नेपाल फर्किएको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । मंगलबार बेलुकी त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै निर्देशक थापाले भने–‘हाम्रो करिब ९५ प्रतिशत छायांकन लण्डनमा सकिएको छ । अब, केही बाँकी छायांकन नेपालको मुस्ताङ र भारतमा हुनेछ ।’कथा ले बहिरी परिवेशको माग गरेपछी सुटिङको लागी लन्डन जानु परेको टिमले बताएको छ । 

सुटिङ कै दौरानमा बलिउडका नायक बरुण धवनसँग को भेट पछी विवादमा तानिएकी 'सम्हालिन्छ कहिले मन' कि नायिका पुजा शर्माले यस विषयमा बोल्दै भनिन् , ‘हामी दौडिएर बरुणलाई भेट्न गएका होइनौ । उहाँहरुको बसेको होटल र हामी बसेको होटल एउटै थियो । उहाँहरुको इन्डक्ल्यापको समयमा हामी छायांकन सकेर बसेका थियौं । यसैले पनि हाम्रो भेट भएको थियो ।’ उनले थपि्न्  ‘यदि कुनै डाक्टर छ भने मानिसको लक्ष्य हुन्छ त्यस्तै डाक्टर बनु भन्ने हुन्छ । हामी कलाकारले पनि कलाकारलाई नै हेर्ने हो । एउटै क्षेत्रको मानिस भएपछि जात, भात, देश, संकृती भन्ने हुँदैन ।’ 

एबी प्रोडक्शनले निर्माण गरेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । चलचित्रलाई भदौमा रिलिज गर्ने योजना यसको निर्माण पक्षको छ ।