पछिल्लो समय सिने नगरीका नायक–नायिकाको प्रेम सम्बन्धको चर्चा बढ्दो छ । कुनै बेला अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको प्रेम सम्बन्धले राम्रै चर्चा पाएको थियो । यी दुईले खुलेर नै मिडिया सामु आफ्नो प्रेम सम्बन्धलाई स्विर्काने गरेका थिए । तर निशा आफैले सार्वजनिक गरेको प्रेम उनी स्वयमले सम्बन्ध सकिएको घोषणा गरेकी थिइन्।
शुक्रबारमात्र निशा र शरदसँग विवाह गर्न लागेको खबर बाहिरिएको थियो । निशा चलचित्र ‘पोखराको काली’ छायाँकानको लागि चितवनमा थिइन् । त्यहिक्रममा शरद त्यहाँ पुगेर निशासँग रहेको तस्बिर बाहिरिएको थियो । उनीहरुकाे विवाहकाे खबर सिह हाे या हाेइन् भन्ने धेरैकाे मनमा प्रश्न उब्जिन सक्छ ।
तर उनीहरुकाे विवाहकाे खबर सही रहेकाे उनीहरुकाे परिवारले बताएकाे छ । बुझिए अनुसार यी दुई असार १८ मा जोडी बाँध्ने तयारीमा छन् । यति बेला दुवैका परिवार विवाहको तयारीमा व्यस्त रहेकाे बताइ्एकाे छ ।