महिला बिरुद्ध हुने यौन हिंसाको बिरुद्धमा आवाज उठाउनेहरुले सुरु गरेको 'मि टु' अभियानले बेला बेला नेपाली संचार माध्ध्यम तात्तीने गरेको छ । बिभिन्न क्षेत्रका बिशिष्ट मानिनेहरु पनि यो मामिलामा मुछिन पुगेका छन् । सहकर्मी हुन् या शिक्षक बोस् हुन् या राजनैतिक उच्च ओहोदाका पुरुषहरु माथी लागाइने गरेको यौन शोषणको आरोप कतीसम्म तथ्य परक छन् त्यो त अनुशन्धान ले नै बताउला । तर आफु चर्चामा आउनको लागी आफ्ना सहकर्मी या सिनियरलाई आरोप लगाउनेको सँख्या पनि नभएको होइन ।
मि टुको चर्चा सँगै शिक्षित आत्मनिर्भर र समाजमा आम महिलाको भन्दा राम्रो अवस्था भएका महिलाहरुले शोषित भएको कुरा खोलिरहेका छन् ।
यसै शिलशिलाम रङ्गमन्चका तीन हस्तीहरुमाथी पनि यौन दुर्व्यबहारको आरोप परेको छ । शुक्रबार साप्ताहिकले प्रकाशन गरेको एक आलेखमा रन्ङ्गकर्मी सुनिल पोख्रेल, राजन खतिवडा र राजकुमार पुडासैनीले रङ्गमन्चै कलाकारहरु माथी यौन दुर्व्यबहार गरेको आरोप लागेको छ । नाटकको रिहल्सर र ब्याक स्टेजको काम गर्दा आफुमाथी शारिरिक तथा मानसिक दुर्व्यबहार भएको भन्दै केहि महिला रङकर्मीले आफ्नो पहिचान नखुलाई आरोप लगाएका हुन् ।
आफुहरु कुनै पनि हालतमा नचुकेको र परी आए आरोपको जवाफ सम्बन्धित ठाउँमा दिन सक्ने भन्दै आरोप शत प्रतिशत गलत भएको र खुट्टातन्नेहरु को षड्यन्त्र मात्र भएको भनि आरोपको खन्डन गरेका छन् । आफ्नो पहिचान गोप्य राखेर लगाइएका आरोप कती सम्म सत्य हो त्यो त अनुसन्धानले नै पुष्टी गर्ला तर यती सत्य नभइ केबल आरोप मात्र हो भने आरोप लागाउने ले आफ्नो गल्ती पनि स्विकार गर्नु पर्ने हुन्छ ।