पछिल्लो समय कमजोर स्वास्थ स्थितिबाट गुज्रीएका हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा)ले  यती बेला आफुलाई पुर्णतया अभिनयमा व्यस्त राखिरहेका छन् । उमेरले चार दशक पार गरिसकेका यिनी अझै पनि आफुलाई वयस्क सरह उर्जावान् र अभिनयमा साधनारत राखिरहेका छन् । २०५८ सालदेखि कलाकारिताको दुनियाँमा प्रवेश गरेका यिनै लोकप्रिय हाँस्य कलाकारको आज जन्म दिन परेको छ । आजबाट ४३ वर्ष लागेका केदार घिमिरेले ‘हिजो आजका कुरा’बाट अभिनय यात्र सुरू गरे । कलाकार बन्ने हुटहुटिले संघर्षमा होमिएका केदारले २०६२ सालमा सुरू भएको 'मेरी बास्सै'मा गरेको 'माग्ने बुढा'को भूमिकाबाट जिवनमा पाउनु पर्ने सबैभन्दा ठुलो लोकप्रियता हासिल गरे । संघर्षको बिभिन्न रुपहरु देखेका माग्ने बुढाले केहि समयअघी मात्र चलचित्र 'राम कहानी' बाट १० लाख पारिश्रमिक लिएका छन् , उनले हांस्य व्यंग्य भनेको अरुलाई हसाँएर मनोरन्जन दिने साधन मात्र नभएर कलाकारिताको अभिन्न अंग हो भन्ने पुष्टी गरेका छ्न् । निरन्तर कलाकारितामा आफुलाई समर्पित गरेका केदार घिमिरे को जिवन अझ सफल, स्वस्थ र साहसपुर्ण बितोस् जन्मदिनको शुभकामना ।