पर्दा पछाडीको प्रेम सम्बन्धले चर्चामा आएका जोडी सौगात मल्ल र शृष्टी श्रेष्ठ अभिनित कलचित्र 'मासु भात'को ट्रीजर सार्वजनिक भएको छ । ट्रीजरमा सौगात मल्ल एक कैदीको रुपमा देखिएका छन् भने शृष्टी पुलिसको भूमिकामा छिन् । कथा वाचनको शैलीबाट सुरु गरिएको ट्रीजरमा साहित्यकार कुमार नगरकोटीले कविता वाचन गर्दै कथामा आउने मोडहरुलाई घाट, घर र मन्दिरको बिम्ब दिएका छन् । ट्रीजरमा सौगातले जेलबाट लेखेको पत्र बर्दीमा रहेकी शृष्टिले पढिरहेकी छिन् ।
नोबडी फिल्म्सले प्रस्तुत गरेको मासु भातलाई सन्जिब के न्यौपाने ले लेखन र निर्देशन गरेका छ्न् । सन्जिब सौगात र सिमा जोसीको निर्माणमा बनेको चलचित्रमा सौगात, शृष्टि, पुर्णिमा तामाङ, रेयार राइ, चार्ली बाबा लगायत कलाकारको अभिनय रहेको छ ।