चैत २९ गते शुक्रबार दुइ चलचित्रको प्रदर्शनको अन्तिम तयारीमा छन् । डेब्यु चलचित्र 'ए मेरो हजुर २'बाट नेपाली सिने जगतमा पाइला टेकेका सलीन मान बनियाँ अभिनित यस चलचित्र 'यात्रा: अ म्युजिकल भ्लग' र झराना थापाकी सुपुत्री सुहानाको डेब्यु चलचित्र 'ए मेरो हजुर ३' एक अर्कासँग प्रतिस्पर्थामा उत्रीने भएका हुन् ।
कुनै पनि दुइ चलचित्रसँगै प्रदर्शनमा आउनु र उनिहरु बिच प्रतिस्पर्धा हुनु सामान्य नै हो । आफुले तन म र धन सबै सुम्पेर बनाएको चलचित्रले राम्रो व्यापार गाह्रोस् र दर्शकको प्रशंसा सुन्न पाइयोस् भन्ने चाहना सबै निर्माता, निर्देशक्, कलाकारको हुन्छ । तर आफु माथी उठ्नको लागी अरुलाई तल झार्ने प्रवृती हरेक क्षेत्रमा बिदितै छ ।यसै बाटोलाई समात्दै भोलिदेखी प्रदर्शनमा आउने यि दुइ चलचित्रले पनि 'तँ सक् कि म सक्' को व्यबहार देखाएका छन् ।
प्रमोसनका लागी सडक किनराका भित्ताहरुमा चलचित्रका पोस्टर टाँस्ने चलन धेरै पुरानो हो । यध्यपी पोस्टर टाँस्न नपाउने नियम बनेको धेरै समय भैसकेको छ । यो त सबै चलचित्र कर्मी या प्रोमोसनको जिम्मा लिनेहारुले थाहा भएर नि बुझ पचाएको कुरा भयो । तर यसका पनि हेप्ने र आफ्नो अधिपत्य जामाउने प्रवृती देख्न सकिन्छ । केहि समय अघी टाँसिएको यात्राको पोस्टर माथी ए मेरो हजुर ३ को पोस्टर टाँसिदिएका छन् ।
साथै एक हप्ता अगाडी प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेसन’ ले समेत यात्राको पोस्टरमाथि आफ्नो पोस्टर टाँसेको दृश्य जतातै देखिन्छ । यसरी ठुलो ब्यानरमा बनेका र नाम चलेका कलाकारले अभिनय गरेको चलचित्र भन्दैमा आफ्नो बर्चस्व सबै तिर हुन्छ भन्ने हुँदैन चलचित्र चल्न कलाकारको मिहिनेत निर्देशकको कला र बलियो कथा बस्तु हुनु जरुरी छ । चलचित्र हलामा गैसकेपछी निर्णय गर्ने जिम्मा दर्शकको हुन्छ बाँकी समयले देखाउनेछ ।