आज शुक्रबार नयाँ चलचित्र प्रदर्शनमा आउने दिन । तपाई पनि फुर्सदको समयमा नयाँ वर्षको पुर्व सन्ध्यालाई साथी भाइ आफ्न्त वा प्रिय मान्छेसँग चलचित्र हेर्न जाने योजना बनाउँदै हुनुहुन्छ भने यतिबेला तपाईँ नजिकैका हलहरुमा दुइ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । 
झरना थापा निर्देशित, अनमोल केसी र झरनाकी छोरी सुहाना थापाको डेब्यु चलचित्र 'ए मेरो हजुर ३' तथा सलीन मान बनियाँ अभिनित यस चलचित्र 'यात्रा: अ म्युजिकल भ्लग' एक साथ प्रदर्शनमा आएका हुन् । 

पछिल्लो समय यि दुइ चलचित्रले चलचित्र नगरीमा हलचल मच्चाइरहेका छन् । चलचित्र यात्रा, ए मेरो हजुर २ बाट डेब्यु गरेका सलीन  र ए मेरो हजुर ३, सुहानाको डेब्यु चलचित्र जसमा युवा स्टार अनमोलाले अभिनय गरेका छन् । र यात्रामा भने सालीनलाई जान्वी बस्नेतले स्क्रीनमा साथ दिएकी छिन् । सम्राट शाक्यले निर्देशन गरेको यात्रा एक भ्लगरको कथा हो ।