शुक्रबारबाट रिलिज भएको चलचित्र ' ए मेरो हजुर ३' ले चलचित्रकर्मी, पत्रकार र निर्माण टिमका आफन्तहरुको उपस्थितिमा प्रीमियर सम्पन्न गर्‍यो । कमलपोखरी स्थित बिग मुभिज , सिटी सेन्टरमा सम्पन्न प्रीमियर हेर्नको लागी नायिका करिश्मा मानन्धर, नीता ढुंगाना, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई, सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे दिपकराज गिरी, दीपाश्री निरौला लगायतको उपस्थिती रहेको थियो । 
 

चलचित्र हेरेपछी उपस्थित रहेका पाहुनाहरुले समग्र रुपमा एउटा राम्रो चलचित्र बनेको र डेब्यु नायिका सुहाना थापाले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् । चलचित्र हेरेपछी निर्देशक रेनशा वान्तवा राइ भन्छिन् चलचित्र पूर्ण रुपमा एउटा प्याकेज बनेको छ, चलचित्रको कथालाई एकदमै आकर्षक तरिकाले प्रस्तुत गरिएको छ, उनले थपिन् , अनमोल केसीको अभिनयको हिसाबले उत्कृष्ट काम गरेको चलचित्र हो । यसैगरि निर्देशक दीपाश्री निरौलाले भन्छिन् –‘झरनाजीले छोरी त जन्माउनुभयो, तर चलचित्र क्षेत्रका लागि एउटा उत्कृष्ट कलाकार जन्माउनुभएको छ' । नायिका करीष्मा मानन्धरले पनी आफुले चलचित्र हेरिरहँदा एकदमै इन्जोय गरेको बताइन् ।
चलचित्र हेरेपछी प्रतिक्रीया दिने सरीता लामिछानेले भनिन् मैले सम्पुर्ण उत्कृष्ट कलाकारको ताज सुहानाको हातमा देखिरहेको छु । समग्रमा चलचित्र हेरेका अग्राज कलाकार लगायत सम्पुर्णले चलचित्रमा अभिनय गरेका कलाकार, निर्देशक, निर्माता र समस्त टिमले राम्रो काम गरेको बताएका छन् ।

सम्पुर्ण अवार्ड सुहानाको हातमा देखे कलाकारले:  प्रीमियरमा पाइन् तारिफ नै तारिफ सम्पुर्ण अवार्ड सुहानाको हातमा देखे कलाकारले:  प्रीमियरमा पाइन् तारिफ नै तारिफ सम्पुर्ण अवार्ड सुहानाको हातमा देखे कलाकारले:  प्रीमियरमा पाइन् तारिफ नै तारिफ सम्पुर्ण अवार्ड सुहानाको हातमा देखे कलाकारले:  प्रीमियरमा पाइन् तारिफ नै तारिफ सम्पुर्ण अवार्ड सुहानाको हातमा देखे कलाकारले:  प्रीमियरमा पाइन् तारिफ नै तारिफ सम्पुर्ण अवार्ड सुहानाको हातमा देखे कलाकारले:  प्रीमियरमा पाइन् तारिफ नै तारिफ सम्पुर्ण अवार्ड सुहानाको हातमा देखे कलाकारले:  प्रीमियरमा पाइन् तारिफ नै तारिफ सम्पुर्ण अवार्ड सुहानाको हातमा देखे कलाकारले:  प्रीमियरमा पाइन् तारिफ नै तारिफ सम्पुर्ण अवार्ड सुहानाको हातमा देखे कलाकारले:  प्रीमियरमा पाइन् तारिफ नै तारिफ