सञ्चारकर्मी जनक ताम्राकारको पहिलो गीत जुनकिरीको म्युजिक भिडियो सार्वजनिक भएको छ । जनकका दाजु महेश ताम्राकारको शब्द, संगित रहको जुनकिरीमा नायिका निता ढुंगाना, मोडल सनम कठायत र कम्पोजर महेश ताम्राकारको समेत अभिनय छ । 

डोटेली भाषाको फ्लेबर पाउन सकिने यस गितको म्युजिक भिडियोमा महेश सनमको घर पुगेको बेला  निता र सनम बिच चस्मा बिबादले दरार आउने र पछि महेशले नै मिलाईदिएको टुईस्ट पाउन सकिन्छ ।

यस म्युजिक भिडियोलाई शसन कँडेलले निर्देशन गरेका हुन् भने खिम मगरले निमार्ण गरेका हुन् । डडेलधुराको अमरगढि स्थायी घर भएका गायक ताम्राकार हाल ओखलढुंगास्थित एक एफएममा कार्यरत छन् ।