केहि समय यता प्रज्वल समशेर जबरासँग प्रेममा रहेकी रेनाशा वान्तवा राईले विवाह गर्ने भएकी छिन् । कोरियोग्राफर हुदै निर्देशनमा पाइला टेकेकी उनले वैशाख २४ गते विवाह गर्ने भएकी हुन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट सम्भावना बोकेर आएकी रेनाशाले प्रज्वलकै चलचित्र ‘ मेरो एउटा साथि छ’ मार्फत कोरियोग्राफीमा डेब्यु गरेकी हुन् । यसका साथै आइकोर फिल्मस मार्फत उनले निर्देशनमा पाइला राखेकी छिन् ।
निर्देशनमा आफु अगाडी बढे पनि ‘मैले कोरियोग्राफीलाई छाड्नै सक्दिनँ किनकी यो मेरो धरातल हो’ तर अबको समय निर्देशनमा नै बढी दिन्छु' उनि भन्छिन् । नयाँ जिवन सुरु गर्न लागेकोमा आफु अत्यन्त खुशी भएको र विवाह पछी पनि आफ्ना प्रोजेक्टहरुमा निरन्तर अघी बढ्ने उनको भनाइ रहेको छ । सुखद् दाम्पत्य जिवनको शुभकामना प्रज्ववल र रेनाशालाई ।