इन्टरनेटको पहुँच र मानिसको व्यस्तताको कारण पछिल्लो समय युवा पुस्ता देखी सबै उमेर समुहका मानिसहरुको दैनिकी युट्युब लगायत सामाजिक सन्जालको प्रयोगको कारण नेपालमा पछिल्लो समय वेब सिरिज निर्माणको प्रचलन निकै बढ्दो छ । करीब एक दशक अगाडी  टेलिभिजनमा प्रशारण गरिने सिरियल निर्माण गर्ने गरिन्थ्यो तर पछिल्लो समय भने आफैले सोचेको कथालाई सिरिजको रुप दिएर आफुले भन्न खोजेको कथालाई वेबमै रिलिज गर्न सकिन्छ । यसै क्रममा आउँदो वैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेब सिरिज ‘डियर लभ’को नयाँ वर्षको अवसर पारेर बिहिबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ ।
 

वेब सिरिज 'डियर लभ ' को ट्रेलर सार्वजनिक

पुर्णतया प्रेममा आधारित यस सिरिजमा सबै प्रकारको इमोसन्स समावेश गरिएको बताइएको छ । रुक्मन लिम्बुको निर्माणमा बनेको डियार लभ लाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । 

वेब सिरिज 'डियर लभ ' को ट्रेलर सार्वजनिक वेब सिरिज 'डियर लभ ' को ट्रेलर सार्वजनिक