नेपाली राजातपटमा चलचित्रले कति कमायो भन्ने पत्ता लगाउने संयन्त्र बनिसकेको छैन । चलचित्रको व्यापारबाट भएको कमाइलाई पारदर्शी बनाउने उद्देश्यले लागु गरिने भनिएको बक्स अफिस ६ महिनासम्म गुमनाम छ । हलमा ५ /१० जना दर्शकको भरमा हप्ता कटाउनु पर्ने स्थिती अधिकांश नेपाली चलचित्रको रहेको छ तर लाख कमाएर करोडको व्यापार गरेको भन्दै बजार तताउनेको पनि कमी छैन । 
यतिबेला शुक्रबार प्रदर्शनअको तेस्रो हप्तामा प्रवेश गरेको चलचित्र 'लभ स्टेसन' ले आफ्नो कलेक्सन सार्वजनिक गरेको छ । निर्माता तथा वितरक गोविन्द शाहीले पहिलो हप्ता फिल्मले देशभर कुल ३ करोड ७८ लाख ४ हजार ९ सय ८६ कमाएको बताएका छन् । शुक्रवार छोरी काफिया शाहीको जन्मदिन मनाउँदै उनले पहिलो हप्ता राजधानीभित्र १ करोड ६७ लाख ५१ हजार ७ सय ९ रुपैयाँ र मोफसलमा १ करोड ४० लाख ३३ हजार २ सय ७७ रुपैयाँ ग्रस कलेक्सन गरेको र चलचित्रले पहिलो हप्ताको कलेक्सनले लगानी उठेको समेत दाबी गरेका छन् । 

चलचित्र 'सेबिम्ली तेल्केली' हुबहु उतारिएको आरोप खेपेको लभ स्टेसन अभिनेता प्रदीप खड्का र अभिनेत्री गुरुङको अभिनयाँ रहेको छ । चलचित्रलाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । प्रदीप र जसिताका अलावा फिल्ममा प्रकाश शाह, रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय छ ।