समग्रमा हेर्दा २०७५ नेपाली चलचित्र जगतका लागी खासै राम्रो मानिएन । धेरै जसो प्रदर्शनमा आएका चलचित्र हलमा दर्शकको आश गर्दा गर्दै बाहिरिए भने केहिले आफ्नो लगानी उठाउन सफल भए । निराशामा धकेलिएको चलचित्र क्षेत्र वर्षको अन्तिममा आएर केहि तरङ्गीत भएको छ । चैत २९ गते प्रदर्शनमा आएको चलचित्र 'ए मेरो हजुर ३' को प्रदर्शनसँगै अझै पनि नेपाली चलचित्रलाई मन पराउने दर्शकको अभाब भैसकेको छैन भन्ने प्रमाणित भएको छ । 

ए मेरो हजुर ३ ले ततायो ओइलाएको चलचित्र क्षेत्रको माहोल

शुक्रबार राम्रो ओपनिङ्ग गर्न सफल चलचित्रको शनिबार व्यापार आक्रामक रहेको छ। शनिबारबाट मल्टिप्लेक्समा शोज संख्या पनि बढेको छ भने सिंगल थिएटरमा पनि दर्शकको उल्लेख्य उपस्थिती रहेको छ। सलीन मान बनियाँ अभिनित यस चलचित्र 'यात्रा: अ म्युजिकल भ्लग' सँग प्रतिस्पर्धामा उत्रीएको थियो  । ए मेरो हजुर ३ले शुक्रबार नै बक्सअफिसमा आक्रामक सुरुवात गरेको हो । पहिलो दिन फिल्मले बम्पर ओपनिङ गरेको बताउँदै वितरक मनोज राठी भन्छन् फस्ट डे' अकुपेन्सी 'छक्का पञ्जा ३' कै आसपास रहेको थियो । शनिबार अनमोल र सुहाना बालाजुस्थित अष्टनारायन हल पुग्दा दुवैको क्रेज निकै लोभलाग्दो देखिएको थियो । अनमोलका फ्यान र सुहानाका प्रशंसक हरुबाट जोगिन उनिहरुलाई हम्मे हम्मे परेको थियो । निर्देशक झरना थापाकी छोरी सुहाना थापाले डेब्यु चलचित्रबाट प्रशस्तै प्रशंसक कमाइन् ।   

झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् । सलोन बस्नेत, अर्पण थापा, सरोज खनाललगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।