२०७५ सालको अन्तिममा प्रदर्शनमा आएको चलचित्र 'यात्रा : अ म्युजिकल भ्लग' ले सन्तोषजनक व्यापार गरिरहेको चलचित्र टिमले बताएको छ । नयाँ वर्षको साइत परेकोले पनि यात्राको व्यापारमा सकारात्मक प्रभाब परेको हुन सक्छ । वर्षभरी ओरालो लागेको चलचित्रको व्यापार एकाएक अन्तिम प्रहरमा आएर उकालो चढेको छ । 'ए मेरो हजुर ३' सँग प्रतिस्पर्धा गरिरहेको यात्राले सोचे अनुरुप व्यापार गरेको यात्रा हेर्न जम्मा भएको दर्शकको भिड हेरेर अनुमान गर्न सकिन्छ ।
आइतबार नयाँ वर्षको विदा भएका कारण बिहानैदेखि देशभर फिल्मले हाउसफुल व्यापार गरिरहेको छ । सिंगल स्क्रिनसँगै मल्टीप्लेक्सले प्रदान गरेका सोजहरुमा दर्शकहरुकोे उल्लेख्य उपस्थिति देखिएको छ । सलीन र मलिका काठमाडौँका हलहरुमा पुग्दा उनिहरु फ्यानहरुमाझ घेरिएका थिए । दर्शकले सलीन र मलिका दुबैको काम मन पराएका छन् ।