पछिल्लो समयकी चर्चित मोडल तथा नायिका एलिशा राईको अभिनय रहेको नयाँ गीत “मायामा रियाक्सन“ बोलको भिडियो सार्वजनिक भएको छ । महेन्द्र भण्डारी र रेश्मा पुनको स्वर रहेको उक्त गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ ।
क्रान्ति केसीको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन् । यस भिडियोमा एलिशा राईसंगै जेम्स बिसीको पनि अभिनय रहेको छ ।