जेठ ३ गते रिलिज हुने चलचित्र ‘वीर विक्रम २’को गीत 'बाचा' रिलिज भएको छ । मङ्गबार युट्युबबाट रिलिज भएको गीतमा वर्षा सिवाकोटी र पल साह फिचर्ड छन् । तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतको कोरियोग्राफी कविराज घटराजले गरेका हुन् । यसैगरी गीत नरेश भट्टराईले लेखेका हुन् । मुस्ताङ्ग असपास र बिभिन्न देशको मनै लोभ्याउने दृश्य खिचिएको गीतको भिडियोमा प्रेमिल जोडिले एक अर्कासँग नछुट्टिने बाचा गरेका छन् । दुनियाँको मतलबभन्दा टाढा रहेर साथ हुन चाहने जोडीको गीत बनेको छ 'बाचा' ।
मिलन चाम्स्ले निर्देशन गरेको चलचित्र 'विर विक्रम २' ले दाजु भाइको सम्बन्ध र प्रेमको कथा बोकेको बताइएको छ । चलचित्रमा वर्षा, पलका साथै नाजिर हुसैन, बुद्दी तामाङ, देश भक्त खनाल, बिनिशा भन्डारीको अभिनय रहेको छ ।