‘गरौँ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा सहित बनेको चलचित्र ''पसिना'' को ट्रेलर सार्वजनिक भएको छ । बुधवार एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरमा निम्न बर्गिय मजदुर र मालिक बिचको फराकिलो दुरी र अन्तर्द्वन्द देखाइएको छ । आर .बि. खत्री ‘शरद’ ले निर्देशन गरेको चलचित्रमा गौरव पहारीले शिक्षक र अभिनेत्री अनु शाहले पत्रकारको भूमिकामा निर्वाह गरेका छन् । ट्रेलरमा यिनै दुई लाई प्राथमिकता दिइएको छ । वैशाखको २७ गतेबाट रिलिज हुने मिती तोकेको चलचित्रमा आफ्नो स्वार्थ र व्यक्तिगत समस्याले मालिकले चालेको कदमले गर्दा पसिना बगाएर जिविकोपार्जन गर्नेको स्थिती कस्तो हुन्छ भन्ने समेत देखाइएको छ । 
चलचित्रमा गौरव पहारी, अनु शाहको साथमा सरोज खनाल, रवी गिरी, धुर्ब कोईराला, सरोज अर्याल, शान्ती गिरी लगायत  कलाकारको अभिनयाँ रहेको छ । राम केसीको छायांकन, राजनराज सिवाकोटी, दिपक शर्मा, थिरज राइको संगीत,नबिन निरौलाको सम्पादन, शिव बीक र राजीब समरको नृत्य, देव महर्जनको एक्सन रहेको छ ।