सिने नगरीमा प्रतिक्षित बनेको चलचित्र 'प्रेमगीत २' को ट्रेलर सार्वजानिक भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मलेन बिच चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो । आशुसेन फिल्मस्को ब्यानरमा तयार भएको 'प्रेमगीत २' को ट्रेलरमा प्रेम अनि प्रेमलाई पाउनको लागी गरिएको संघर्ष देखाईएको छ । जसमा एक्सन, रोदन अनि रोमान्सलाई देखाईएको छ । २०७२ मा प्रदर्शन 'प्रेमगीत'को सिक्वेलको रुपमा रहेको चलचित्र 'प्रेमगीत २'मा प्रदिप खड्का, अश्लेशा ठकुरी र निर्माता सन्तोष सेन, भुवन चन्द, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ । रामसरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्र प्रेमगीत २ को सुटिङ नेपाल , थाईल्यान्ड र म्यानमारमा गरिएको हो । चलचित्रमा प्रेमसँग जोडीएको सम्पुर्ण सम्बन्धलाई देखाईएको, जस्तै नेपाललाई म्यानमारी नेपालीले गर्ने प्रेमलाई चलचित्रमा देखाईएको निर्देशक पाठकले बताए ।