पछिल्लो समय सरकारले पब्जी र बिभिन्न पोर्न साइटहरु बन्द गरेसँगै युवापुस्ता माझ मनोरन्जनको माध्यम 'टिकटक'लाई पनि प्रतिबन्ध लगाउने हल्ला चलिरहेको छ । यस हल्लाको समर्थन गर्ने र बिरोध गर्ने दुबैको जमात उस्तै छ । युवा, केटाकेटी सम्पुर्णको बढी भन्दा बढी समय लिरहेको टिकटकले आफु भित्रको कला उजागर गर्न सहयोग गरेको धारणा राख्नेहरु भएसँगै खुलेर बिरोध गर्नेको पनि कमी छैन । यसै बिच अभिनेत्री 'वर्षा सिवाकोटी'ले टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने भन्दै आफ्नो आधिकारीक फेसबुकमा स्टयाटस पोस्ट गरिन् । 
 

वर्षा भन्छिन्, टिकटकले कलाकारको भ्यालु घटायो

उनका अनुसार कलाकारको भ्यालु घटाउने टिकटक जस्ता अरु एप््हरु पनि प्रतिबन्ध लागाइनु पर्ने र साथमा युट्युबमा राखिने लाज मर्दा कार्यक्रम पनि बन्द गरिनु पर्ने लेखेकी थिइन् । स्ट्याटस पोस्ट गरेको केहि समयमा नै वर्षालाई समर्थन गर्ने र उनको बिरोध गर्नेहारुको ठुलो जमातले कमेन्ट गरेका थिए तर उनले त्यो स्ट्याटस डिलिट गरिन् । यतिबेला 'चलचित्र विर विक्रम २' को प्रदर्शन मिती कुरिरहेकी वर्षा पछील्लो समय कलाकारको स्टार्ड्रम, मिडिया र चलचित्रबारे बोलिरहेकी छिन् । मिडियामा त्यती नदेखिने र कलाकारको काम र मिहिनेतलाई सम्मान गर्नु पर्छ भन्ने वर्षाको यस भनाइ केहि हदसम्म समयसापेक्ष नै होला तर कलाकारले आफ्नो भ्यालु बढाउने वा घटाउने त्यो जिम्मा कलाकार आफैँको हो।  मनोरन्जनको लागी बनाइएका सानामसिना कुरालाई आफ्नो काममा भाँजो हाल्ने माध्यम सोच्नु अलि साँघुरो सोचाइ भएन र ?