नायिका पुजा शर्माले महङ्गो पारिश्रमिक लिएर अनुबन्धित भएकी चलचित्र'पोई पर्याे काले' को लागी सौगात मल्ल अनुबन्धित भएका छन् । पुजा र आकाश श्रेष्ठको तेस्रो चलचित्र ‘पोई पर्याे काले'मा अर्की नायिका पनि हुनेछिन् तर कसलाई लिने भन्ने टुङ्गो लगेको छैन । सौगातकी रियल लाईफ जोडी शृष्टी श्रेष्ठलाई लिने अनुमान गरिएता पनि यसबारे जानकारी गराएका छैनन् । चलचित्रमा सौगात पुजाको काले पोईको रुपमा प्रस्तुत हुने छ्न् ।
जेठबाट छायांकन सुरु गरिने चलचित्र कात्तिक ८ गते लक्ष्मी पुजाको अवसर पारेर फिल्म प्रर्दशन गरिने छ जानकारी निर्माण पक्षले दिएको छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् भने चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् ।