विहेको वर्ष गाँठ एउटा उत्सब नै हो जिवन भरको साथ रहने कसम खाएर जोडेको सम्बन्धले खुशीका बसन्तहरु पार गर्नु उत्सब नै हो अझ यो खुशीमा जब त्यही मायाको चिनो स्वरुप सन्तानको जन्म हुन्छ झन जिवनमा उत्सब महा-उत्सब नै बन्न पुग्छ । यस्तै खुशीको बहार छाएको छ नायक आर्यन सिग्देलको जिवनमा । विवाहको ५औँ वर्ष गाँठको दिनमा छोरा जन्मिएको छ । २०१४मा सपना भण्डारीसँग वैवाहिक जिवनमा बाँधिएका आर्यन र सपनाको पहिलो सन्तान स्वरुप शुक्रबार करिब १२ बजे छोरा जन्मिएको हो । चिरायु अस्पतालमा जन्मिएको बच्चा र आमा दुबैको अवस्था सामान्य रहेको बताइएको छ ।