जेठ ३ गते प्रदर्शनको लागी तयारी गरिरहेको चलचित्र ''जात्रै जात्रा''को नयाँ गीत 'जिवन जात्रा हो' सार्वजनिक भएको छ । काली प्रसाद बाँंस्कोटाको स्वर र संगीत रहेको गीतलाई अर्जुन भट्टराइले लेखेका हुन् । गीतको भिडियोमा बिपिन कार्की , रबिन्द्र झा र रबिन्द्र सिहं बाँनिया फिचर्ड छन् । जिवन एउटा जात्रा नै हो मात्र यसलाई कतै लेखिएको छैन र हामीले पत्तो पाएका  छैनौँ भन्ने आशय बोकेको गीतले मनोरन्जन त दिन्छ नै यसका साथै तिखो व्यङ्ग पनि गरेको छ । प्रबिन सिंहले कोरियोग्राफी मार्फत गीतालाई बिम्बले भरिपुर्ण बनाएका छन् । चलचित्रको गीत भन्ने बित्तिकै कम्मर मर्काएर नाच्ने चकलेटी हिरो र आकर्षक हिरोइनको रोमान्स तथा आइटम डान्स हो भन्ने धारणा बाट पर हटेर यस गीतलाई प्रस्तुत गरिएको छ जसले चलचित्रको मर्म समेत बोकेको छ । यस अघि सार्वजनिक भएको गीत ‘माया पिरिम’ले राम्रो प्रतिकृया पाइरहेको छ, यस जिवन जात्रा हो गीतले पनि दर्शकको मन जित्ने देखिन्छ । 

दिप भट्टराइको निर्देशन रहेको चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाले संयुक्त लगानी गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् ।  चलचित्रमा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मित्र डि.गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ष्ठले खिचेका हुन् । निर्देशक भट्टराई आफैंले लेखेको कथामा बनेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।