लामो समय समाजसेवामा लागी परेकी अभिनेत्री स्वेता खड्का एकाएक एयरपोर्टमा भेटिइन् । केहि समय चलचित्रबाट पर रहेर सिन्धुपाल्चोकको भुकम्प पिडित माझी गाँउमा एकिकृत बस्ती निर्माणमा लागेकी स्वेता चलचित्र ''हेल्लो जिन्दगी''को सुटिङको लागी लण्डन जान लागेकी हुन् । चलचित्रको टिम यस अघिनै लण्डन पुगेको र आफ्नो सुटिङ्ग सेड्युल आइतबारबाट भएको हुनाले शुक्रबार उनि लण्डनको यात्रामा निस्केकी हुन् । कुराकानीमा स्वेताले आफु यस चलचित्रमा फरक भूमिकामा देखिने बताएकी छिन् ।
स्वेताले निर्माण र अभिनय गरेको चलचित्र 'कान्छी' केहि दिन अघि मात्र युट्युबमा रिलिज भएको छ ।  

हेर्नुहोस् भिडियो