हाकु काले , अर्थात सौगात मल्ल केहि समय चलचित्र बाट टाढा रहेर पुन: अभिनयको दुनीँयामा एक पछी अर्को चलचित्र गर्दै आउने भएका छन् । बिहिबार मात्र चलचित्र 'पोइ पर्यो काले' मा साइन गरेका सौगातले अर्को चलचित्र ‘राम राम’मा काम गर्ने भएका छन् । सुवर्ण थापाको निर्देशनमा बन्ने चलचित्रमा सौगातका अलावा अरु कलाकार फाइनल भैसकेका छैनन् । यस अघि निर्देशक सुवर्ण र सौगातले चलचित्र 'फन्को' मा एकसाथ काम गरिसकेका छन् ।
दशैँबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रका लेखक दिनेश महत हुन् ।अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने 'राम राम'को निर्माण अगावै विभिन्न देशमा विदेश प्रदर्शन राइट्स बिक्रि भैसकेको छ ।