नेपाली चलचित्रले अन्तराष्ट्रीय स्तरमा आफ्नो नाम र पहिचान बनाउन सफल भएका चलचित्र एकदमै कम छन् । तिनै कम मध्यको एउटा नाम हो 'सेतो सुर्य', दीपक रौनियारले निर्देशन गरेको यस चलचित्रले राम्रो नाम पायो । उहि सेतो सुर्यका निर्देशक दिपक रौनियारको नयाँ चलचित्र ‘राजा’ बन्ने भएको छ । यसका लागी अहिलेका व्यस्त अभिनेता दयाहाङ राइ अनुबन्धित भएका छन् । सेतो सुर्य र हाइवेमा सँगै काम गरेका दिपक र दयाहाङ फेरी राजामा टिम अप भएका हुन् ।यतिबेला दिपक स्क्रीप्टमा काम गरिरहेका छन् भने निर्देशक तथा निर्माता रामबाबु गुरुङले राजा निर्माण गर्नेछन् । दयाबाहेक अरु कलाकार फाइनल नभैसकेको र चलचित्र पल्टिकल ड्रामामा निर्माण हुने बताइएको छ । 
यो वर्ष दयाहाङको लागी चलचित्रमा भ्याइ नभ्याइ हुने भएको छ केहि दिन अघि 'लप्पन छप्पन २' मा साइन गरेका छन् भने प्रदर्शनको लागी मिती कुरिरहेका ४ चलचित्र हातमा छन् गएको वर्ष त्यती फलदायी नभएको दयाहाङको लागी आउँदा चलचित्रले कस्तो नतिजा थमाउने हुन् त्यो भने हेर्न बाँकी छ । पछिल्लो समय सङ्ख्यात्मक रुपमा चलचित्रमा  काम गरेको र एउटै खाले भूमिकामा देखिएको भनि दयाहाङको आलोचना पनि हुने गरेको छ ।