आफ्नो जिवनको उर्जावान समय र तन मन अनि धन सबै कलाकारिता, अभिनयलाई समर्पण गरी, नेपाली हास्यव्यंग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रंगमञ्च र हास्यव्यंग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान पुर्याएका वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई वसुन्धराश्री र मानश्री पुरस्कार दिने भएको छ । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ६ वैशाखमा बसेको बैठकले उक्त निर्णय गरेको हो । जनही ५० हजार रुपैयाँ राशी र सम्मान रहेको उक्त पुरस्कार नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे वापत प्रदान गरिने भएको हो ।
यसका साथै नेपाली कला र रंगमञ्चका क्षेत्रमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेका हरिवंश आचार्यलाई वि.सं. २०७६ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।