आफ्नो सेन्स अफ ह्युमरका कारण समय समयमा चर्चामा आउने बलिउड अभिनेत्री ट्विङ्कल खन्ना यस पटक चर्चा सँगै विवादमा आएकी छिन् । भारतमा लोकसभा चुनाब भैरहेको बेला उनले दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालका समर्थकलाई निशानी बनाएर ट्विट गरेकी छिन् । ट्विङ्कलले बच्चाले अन्डर्वेरको फोटो टाउकोमा लगाएको फोटो राखेर, जब तपाईँ केजरिवालको सपोर्टर हुनुहुन्छ अनि तपाईँसङ्ग बाँंदर टोपी छैन ,मैले साँच्ची भनेकी हुँ यिनलाई मैले यसो गर्न भनेकी थिइनँ ।उनको यस ट्विटलाई सयौँले रिट्विट गर्दै ट्विङ्कल्को आलोचना गरिरहेका छन् ।
अक्षय कुमारकी पत्नी ट्विन्कलाले चलचित्रमा अभिनय गर्न छोडेपछी आफ्नो पुरै समय लेखनमा बिताइरहेकी छिन् । उनको 'मिसेज फनी बोन्स' नामक किताब लोकप्रिय छ ।