चलचित्र दुई रुपैयाँको गीत 'कुटुमा कुटु' ले सार्वजनिक भएको केहि दिनमै चर्चा बटुलेको थियो २०१७ मा रिलिज भएको चलचित्रका गीतहरु दर्शक श्रोताले अधिक मन पराएका थिए र अझै पनि मानिसको मुखमा झुन्डिएको छ । फेरी पनि 'कुटुमा कुटु' गीतले अर्को रेकर्ड  राख्दै पहिलो चोटी  १० करोड भियुअर्स कमाउने  नेपाली गीत बनेको छ । युट्युबमा रिलिज भएको २३ महिनामा गीतलाई १० करोड भन्दा धेरैले हेरेका हुन् । गीतमा राजन राज सिवाकोटीको शब्द संगीत र स्वर रहेको छ भने राजनलाई मेलिना राईले साथ दिएकी छिन् ।गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का सँगै निश्चल बस्नेत, आशिफ शाह र बुद्दी तामाङ फिचर्ड रहेका छन् भने कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।