गायक नबिन के भट्टराईको नयाँ गीत "तोडेर गयौ" सार्वजनिक भएको छ । रक ब्याण्ड मुकुटसँग सहकार्य गरेर निकालिएको गीतमा नकुल कार्की र रोशन कुँवरको शब्द रहेको छ भने संगीतमा पनि नकुललाइ मुकुट ब्याण्डकै रोशन कुँवरले साथ दिएका छन् । पृथक गीत सङ्गितलाई प्राथमिकता दिने मुकुट ब्याण्डको संगीत राम्रो हुने भएकोले उनीहरूसँग सांगीतिक सहकार्य गरेको नबिन बताउँछन । अन्य गीत भन्दा फरक खालको बनेको र दर्शक श्रोताले मन पराउनेमा आफु निस्चिन्त रहेको नविनको भनाइ छ । बिभुषण दाहालको निर्देशन रहेको म्युजिक भिडिओको छायांकन तथा सम्पादन बिपिन रिजालले गरेका छन् ।
गीत स्टुडियो नेपाल नामक यु टुब बाट सार्बजनिक गरिएको हो ।