चलमेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीत 'पियारी' सार्वजनिक भएको छ । परदेशीएको मायाको पर्खाइमा रहेकी प्रेमिकाको कथा बोकेको गीतमा नायिका शिल्पा पोखरेल र सुमन खतिवडा फिचर्ड छन्। प्रशान्त आफैँको सङ्गीत रहेको गीतको भिडियोको निर्देशन पनि प्रशान्तले गरेका छन् । विदेशिएको श्रीमान घर नफर्किँदा पत्निले भोग्नु पर्ने पिडा देखाइएको छ । दिनकै हजारौँ युवा विदेशिएको बेला यो गीत एउटा मर्म बनेर पस्किएको छ । गीतलाई गोरेटो इन्टर्टेन्ट्मेन्टमार्फत सार्वजनिक गरिएको छ।