शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘एभेन्जर्सः इन्ड गेम’को बुकिङ बुधवारबाट खुल्ला गरिएको छ ।बुधवार बुकिङ खुलेको केही मिनेट नबित्दै मल्टिप्लेक्सको वेबसाइटहरू डाउन भएका छन् । नेपालस्थित मल्टिप्लेक्सहरु क्युएफएक्स, बिग मूभिज र बिएसआरमा बुधवार अनलाइन बुकिङ खुला गरिएको थियो । बुकिङ खुलेको केही मिनेटमा यी मल्टिप्लेक्सको साइनहरु डाउन भएका थिए ।
अनलाइन बुकिङ बन्द भएपछि हलहरूमा अग्रिम टिकट लिने लाइन लागेको छ । कमलपोखरी स्थित कुमारी हलको साथै सिभिल मललगायतका हलहरूमा टिकट काट्न दर्शकको भिड लागेको छ । शुक्रवार एभेन्जर्सको साथै नेपाली चलचित्र ‘छक्का पन्जा २’ रि–रिलिज हुदैँछ ।