युएइको एक एयरलाइन्समा नेपाली चलचित्र ‘हरी’ हेर्न पाइने भएको छ । विश्वभरको बिभिन्न एयरलाइन्सहरुमा उडानभर बिभिन्न भाषाका चलचित्रहरु हर्न सकिन्छ । तर यस्ता उडानमा नेपाली चलचित्रहरु प्राय हुदैनन् । तर, अब यूएइको एक एयरलाइन्सले भने नेपाली चलचित्र खरिद गर्न थालेको छ ।

नेपालफ्लिक्सले युएइको एक लिडिङ एयरलाइन्सँग नेपाली चलचित्र प्रदर्शन गर्नेगरि सहमती गरेको छ । यसको सुरुवात नेपाली चलचित्र ‘हरी’बाट गरिदैछ । काठमाण्डौ र विश्वका विभिन्न देशबाट यो एयरलाइन्सबाट उडान भर्दा दर्शकले ‘हरी’ चलचित्र हेर्न पाउने भएका छन् । तर एयरलाइन्सको नाम खुलाइएको छैन । केही महिनाअघि रिलिज भएको हरिमा अभिनेता बिपिन कार्कीको मुख्य भूमिका रहेको छ । एयरलाइन्समा भने ‘हरी’ २०१९ को मे महिनाबाट उपलब्ध हुनेछ । नेपालफ्लिक्स’ एक अनलाइन स्ट्रिमिङ प्लेटफर्म हो जसले इन्टरनेटसँग जोडिएका दर्शकलाई सजिलैसँग र सस्तो रुपमा गुणस्तरको स्थानिय सामाग्री उपलब्ध गराउँदै आएको छ । यसरी अन्तरराष्ट्रिय उडानमा नेपाली चलचित्र देखाउने क्रम बढ्दै गएको खण्डमा नेपाली चलचित्रका निर्माताले आम्दानीको नयाँ श्रोत पनि पाउनेछन् भने नेपाली चलचित्रको प्रचार विश्वाव्यापी रुपमा पनि बढ्नेछ । अन्य चलचित्रका मेकरसँग पनि यो बिषयमा कुराकानी भैरहेको नेपालफ्क्लिसका कन्ट्री म्यानेजर सार्थक जीसीले बताएका छन् ।