बिहे गरे लगत्तै आफ्नो चलचित्रको सुटिङ र व्यवसायमा व्यस्त नायिका वर्षा राउत र संजोक कोइराला यतिबेला हनिमुनको लागी युरोप पुगेका छन् । केहीदिन अगाडि केहि हप्ताको प्याकेजमा युरोप उडेको यो जोडी फ्रान्समा रमाइरहेको छ । इटालीमा केही दिन बिताएर उनिहरु फ्रान्स पुगेको सामाजिक सञ्जाल फेसबुकमा तस्वीर सेयर गरेर जानकारी दिएका छन् । फ्रान्सको आइफल टावर अगाडी एक एर्कामा रमाइरहेको फोटो सामाजिक संजालमा सेयर गरेका छन् । फ्रान्सको यात्रा सकेर उनिहरु बिहिबार स्विजर्ल्याण्ड तर्फ लाग्नेछन् ।
हनिमुन यात्रामा रहेकी बर्षा अभिनित चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनमा भने सहभागी हुन नपाउने भएकी छिन् । तर जेठ ३ गते प्रदर्शनको मिती तोकिएको जात्रै जात्राको प्रमोसनमा भने आफु आइपुग्ने वर्षाको भनाइ छ ।
उनिहरुले ७ बर्ष लामो प्रेम सम्बन्धलाई गत फेब्रुअरी १४मा विवाहमा परिणत गरेका हुन् ।