चलचित्र 'प्रेम गीत ३' बन्ने खबरसँगै यससँग जोडिएर आएका धेरै कुराको चर्चा परिचर्चा सुरु भएको छ । निर्माणको घोषणा र रिलिज डेट एकै दिन तोकेको आसुसेन फिल्म्सले न त कलाकारको बारेमा टुङ्गोको कुरा गरेको छ न त लोकेसनकै । तर कलाकारको विषयलाई लिएर यतिबेला चलचित्र नगरी तातेको छ । 'प्रेम गीत' सिरिजका हिरो प्रदिप खड्का फाइनल भएको हल्ला एकातिर छ भने नायिकाको विषयमा पनि अनुमान लगाउने काम भैरहेको छ । एकातिर निती शाहलाई डेब्यु गराउने हल्ला पनि चलिरहेको छ । यसैगरी नायकको लागी कतै‘इन्टु मिन्टु लन्डन’ फेम्ड धीरज मगर पो छनोटमा परेका छन् कि भन्ने अनुमान लगाइएको छ । यसै पनि धिरज आसुसेन फिल्म्ससँग निकट छन् तर यस विषयमा निर्माण पक्षले केहि बोलेको छैन ।बुधबार फिल्म घोषणा विज्ञप्तीमा पनि मुख्य कलाकारको अनुहार  बिनै पोस्टर लन्च गरेकाले पनि थप कौतुहलता उब्जेको हो ।