मोटो हुनु भनेको ग्ल्यामर क्षेत्रमा जाने सम्पुर्ण बाटोहरु बन्द हुनु हो भन्ने मान्यतालाई तोड्दै ‘नेपाल प्लस साइज मोडल २०१९’ आयोजना हुने भएको छ । ‘मेरो कमजोरी मेरो क्षमता’ भन्ने नारा सहित आयोजना हुन लागेको यस प्रतियोगीतामा महिला तथा पुरुष दुबैले आवेदन दिन सक्नेछन् । १७ देखि ४० बर्षका मोडलिङको सहायताबाट आफुभित्रको कला बाहिर ल्याइ आफ्नो छुट्टै पहिचान बनाउन इक्षुकले आवेदन दिन सक्नेछन् ।
पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिनेछ । प्रतियोगिले कुनै पनि चरणमा शुल्क तिर्न नपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका शिर्ष सहित आधादर्जन बिधामा बिजेता छनौट गरिने छ ।