७५ वर्षिय जनगायक जेबि टुहुरे अझै पनि गायन र साङ्गीतिक प्रस्तुती को लागी बैँसको जोस बोकेर हिँड्छन् । परिवर्तन र जनताको पक्षमा गीत गाउने जेबि टुहुरेको एकल सांगीतिक प्रस्तुति ‘जेबि टुहुरेको निरन्तरता-२०७६’ आयोजना हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा वैशाख १३ गते दिउँसो साढे चार बजे आयोजना हुने कार्यक्रममा टुहुरेले आफ्ना छानिएका १४ वटा गीत गाँउनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायतको सहभागिता रहने कार्यक्रममा जेबि टुहुरे फाउण्डेसन पनि घोषणा गर्ने बताइएको छ ।
जेबीका ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’जस्ता गीत  हरु जनबोलीमा अझै झुन्डिरहेका गीतहरु हुन् ।