आज शुक्रबार नयाँ चलचित्र प्रदर्शनमा आउने दिन । लामो समय मिहिनेत गरेर बनाएको चलचित्र दर्शकको सामु ल्याउने दिन । तर नेपाली चलचित्र क्षेत्रमा सधैँको शुक्रबारले नयाँ चालचित्र लिएर आउँदैन । आज  चलचित्र हलहरुमा नयाँ चलचित्र त लागेको छ तर नेपाली नेपाली भन्दा बढी प्राथमिकता  हलिउडको प्रतिक्षित चलचित्र ‘एभेन्जर्स –इन्ड गेम' ले पाएको छ जसले नेपाली चलचित्रलाई साइड लगाइदिएको छ।यसैगरी भूकम्पले निम्त्याएको पिडा र बिछोडको कथा बोकेको चलचित्र कालो वर्ष पनि प्रदर्शनमा आएको छ तर मल्टिप्लेक्समा कुनै सोज् हात पार्न सफल भएन । दोस्रो हप्तामा पनि ब्लक्बस्टर बिजनेस गरेको चलचित्र 'ए मेरो हजुर ३'ले तेस्रो हप्तामा आइपुग्दा एकाएक नराम्रोसँग पछाडी धकेलिनु परेको छ।  रि-रिलिज गर्ने तयारिको अन्तिममा पुगेको "छक्का पन्जा २"लाई पनि उसै गरि पछरिदिएको छ एभेन्जर्स:एन्ड गेमले । 'ए मेरो हजुर ३' ले क्युएफएक्सका मल्टिप्लेक्स हलमा तीन सो पाएको छ भने छक्का पन्जाले एक सो पनि पाएको छैन । नेपाली चालचित्र हेर्ने योजनामा भएका दर्शकले अब कती दिन कुर्न पर्ने हो त्यो ‘एभेन्जर्स –इन्ड गेम'ले ताताउने माहोलामा भर पर्ने छ ।