शृजना खत्रीको नयाँ म्युजिक भिडियो ‘डबल माया’ सार्वजनिक भएको छ ।  यस अघि उनको नौटंकी माया’ बोलको गीतले छोटो समयमा नै युटुबमा १ करोड भ्यूज पार गर्दै दर्शक श्रोताको माया पाएको थियो । सार्वजनिक 'डबल माया' बोलको गीत पनि दर्शकले रुचाएका छन् । गीतमा श्रृजना खत्रीको स्वर रहेको छ भने र्यापर मिस्टर आरजेले उनलाई साथ दिएका छन् ।सृजना र आरजेकै शब्द रहेको गीतको संगीत पनि आरजेकै रहेको छ । भिडियोमा अनुपविक्रम शाही र आँचल शर्मा लयायत दुबै गायक गायिका फिचर्ड छन् । शान थापाको निर्देशनमा गीतको भिडियो तयार भएको हो भने कोरियोग्राफिमा राजिभ समरले साथ दिएका छन् । गीतलाई एकदिन मै डेढ लाखले हेरिसकेका छन् ।