धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबै तिरबाट प्रयास भैरहेका बेला गायक बद्रि पंगेनी र पुर्णकला बिसीले 'रङ्गशाला बन्छ नेपालीको' शिर्षकको गीत सार्वजनिक गरेका छन्। दुर्गा पंगेनीले लेखेका गीतमा संगीत बद्रि पंगेनीले नै दिएका छन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउन सबै लागी परौँ भन्ने भाव बोकेको गीतलाई फाउन्डेसनले उपहार स्वरुप स्विकारेको छ । रङ्गशाला निर्माण कै सहयोगार्थ आयोजना भएको मातृभुमी कपा लाई आधार बनाएर भिडियो निर्माण गरिएको छ ।
बिहिबार धुर्मुस सुन्तली फाउण्डेसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई सहयोगको लागी प्रेरणा जगाउने गीत को रुपमा धेरैले लिएका छन् ।