पछिल्लो समय गीत पोस्टर गर्दै लगातार चलचित्रको आउट्लेट सार्वजनिक गरिरहेको चलचित्र 'जात्रै जात्रा'को ट्रेलर सार्वजनिक भएको छ । जेठ ३ गते प्रदर्शनको मिती तोकेको चलचित्रको ट्रेलरमा मुख्य पात्रहरु हराएको सुन खोज्न संघर्ष गर्छन् र प्रहरी उनीहरुलाई पछ्याउँछ । ट्रेलरमा दयाहाङ राईलाई प्रहरी अधिकृतको भूमिकाआमा देखाइएको छ भने  विपिन कार्की, रविन्द्र झा, रविन्द्रसिंह बानियाँ र राजाराम पौडेल लगायतको पछी प्रहरी बनेका दयाहाङ लागेको देखिन्छ । कमेडी जनरामा बनेको चलचित्रमा अघिल्लो प्रिक्वेलकै कथावस्तु र पात्रलाई निरन्तरता दिइएको देखिन्छ ।

दिप भट्टराइको निर्देशन रहेको चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाले संयुक्त लगानी गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् ।  चलचित्रमा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ष्ठले खिचेका हुन् । निर्देशक भट्टराई आफैंले लेखेको कथामा बनेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।