चलचित्र 'रेशम फिलिली’,  ‘रोमियो एन्ड मुना’मा अभिनय गरिसकेका विनय श्रेष्ठ, राजबहादुर सानेले निर्देशन गर्ने चलचित्र 'मन्द मन्द'मा पत्रकारको भूमिकामा देखिने भएका छन् । पत्रकार रवि लामिछानेको स्क्रिन अवतारमा देखिने उनीसँगै चलचित्रमा रविन्द्र झा, प्रमोद अग्रहरि र राजाराम पौडेल अनुबन्धित भैसकेका छन् । रुद्राक्ष फिल्मसको ब्यानरमा रुद्र खनालले फिल्म निर्माण गर्न लागेका हुन् । बैशाख तेस्रो सातादेखि सुटिङ सुरु हुने चलचित्र छायांकन काठमाडौंसहित पश्चिम नेपालका ठाउँमा हुने भनिएको छ ।