नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका मेलिना राइको गीत 'दुइ कौडिको बुद्धि' सार्वजनिक भएको छ । इट्टाघरेको शब्द रहेको गीतको सङ्गीत भिम बिसी र केदार पौडेलले दिएका हुन् । गीतमा वर्षा राउत र रन्जित पौडेल फिचर्ड छन् । सुबोल थापा र राजेन्द्र  कटवालको कोरियोग्राफी रहेको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । 
आफुले मन पराएकी मायालुलाई फकाउन प्रेमीले गाएको गीत झैँ सुनिने गीतको भिडियो उत्कृष्ट बनेको त छ नै वर्षा र रन्जितको जोडी खुब खुलेको छ । माया गर्छु भन्दै अनेक कुराको लोभ देखाउने प्रेमीलाई गीतले व्यङ्ग पनि गरेको छ । 
गायिका मेलिना राई पछिल्लो समयकी व्यस्त गायिका मध्य कि एक हुन् उनले आवाज दिएका गीतहरु दिनहुँ रिलिज भैरहेका छन् ।