सुजन मिकल श्रेष्ठ र प्राश्ना शाक्यको आवाज रहेको म्युजिक भिडियो ''सिम्पल सिम्पल नानी'' सार्वजनिक भएको छ । कमल खत्रीको सङ्गीत रहेको गीतलाई नरेश भट्टराईले लेखेका हुन् । ''सिम्पल सिम्पल नानी' को म्युजिक भिडियो शुक्रबार कमल खत्रीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सुजन मिकल र श्रेया लाई फिचरिङ गरिएको गीतको भिडियोलाई सुरेन बसेलले कोरियोग्राफी गरेका हुन् भने निर्देशन रायन कार्कीले गरेका हुन् ।
पहिलो भेटमै प्रेममा परेका प्रेमीको भावना समेटिएको गीतले आजका युवा ले भोग्ने गरेको यथार्थ बोकेको छ ।