निर्देशन हेमराज बिसीको निर्देशनमा रहेको चलचित्र ‘घामट शेरे’को छायाङ्कन सोमबारबाट सुरु भइसकेको छ । सुर्खेतबाट छायाङ्कन सुरु भएको यो चलचित्रमा पहिलो पटक निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का एकसाथ देखिन्दैछन् । रियल जोडी निश्चल–स्वस्तिमा चलचित्रमा भने कस्तो भूमिकामा देखिन्दैछन् त्यो भने निर्माण पक्षले खुलाएको छैन । तर आइतबार बिहान अभिनेता निश्चल बस्नेतले छायाङ्कन स्थलबाट पहिलो तस्बिर सार्वजनिक गरेका छन् । निश्चलले सार्वजनिक गरेको उक्त तस्बिरमा निश्चल–स्वस्तिमा आफ्नै मुडमा छन् । तस्बिर हेर्दा लाग्छ यी दुई चलचित्रमा श्रीमान–श्रीमतीको भूमिका देखिदैँछन् । यद्दपी निर्माण टिमले यसबारे केही खुलाएको छैन । चलचित्रलाई नरेन्द्र मैनालीले खिच्दै छन् ।