केही महिना अगाडी नै अभिनेत्री झरना थापाले ‘भागवत गीता’ नामक चलचित्रको घोषणा गरेकी थिइन् । चलचित्र ‘ए मेरो हजुर २’ले पाएको सफलतासँगै घोषणा भएको भागवत गीताको काम सुरु हुन अघि नै झरनाले ‘ए मेरो हजुर ३’ बनाउने निधो गरिन् । जसमा अभिनेता अनमोल केसीसँग आफ्नो छोरी सुहाना थापा अनुबन्धित भए । गत वर्षको चैत्र २९ गते ए मेरो हजुर हजुर प्रदर्शनमा आयो भने हाल तेस्रो सातामा आइपुग्दा पनि सफलता पूर्वक चलचित्र प्रदर्शन भइरहेको छ । चलचित्रमा अनमोल र सुहानाको जोडीलाई दर्शकले मनपराएका छन् ।
यो जोडीले सकारात्मक प्रतिक्रिया पाइरहेको बेला झरना पुनः यो जोडीलाई दोह्याउन लागी परेकी छिन् । झरनाले आइतबार अनमोल र सुहानाको साथमा फेसबुकमा एउटा फोटो पोस्ट गरिन् । फोटोमाथि उनले ‘मेरो भागवत गीता’ लेखेकी छिन् । उक्त तस्बिर र लेखाइबाट भागवत गीताको तयारी भइरहेको अनुमान लगाउन सकिन्छ । यो विषयमा झरनासँग बुझ्दा उनी भन्छिन् ‘भागवत गीताको तयारी सुरु भइरहेको छ । हामी चाँडै चलचित्रको बारेमा घोषणा गर्ने छौ ।’ त्यस्तै उनी थप्छिन् ‘अनमोलसँग मौखिकरुपमा कुरा भइरहेको छ । तर कागजी रूपमा सम्झौता नभएसम्म यसबारे हामीले केही भन्न मिल्दैन’