राज बहादुर सानेको निर्देशनमा चलचित्र ‘मन्द मन्द’ बन्ने भएको छ । टेकराज रेग्मी र कमल गिरीको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको बैशाख अन्तिमबाट छायाङ्कन सुरु हुनेछ । चलचित्रमा विनय श्रेष्ठ, प्रमोद अग्रहरी र रविन्द्र झा मुख्य भूमिकाको लागी अनुबन्धित भैसकेका छन् भने अन्य कलाकार छनौट प्रकृया चलिरहेको बताइएको छ । रुद्राक्ष फिल्मस्को ब्यानरमा बन्ने चलचित्रको कार्यकारी निर्माता रुद्र खनाल हुन् । काठमाडौ, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट हुदै जुम्ला र मुगुका बिभिन्न ठाउँमा छयाङ्कन गरिने चलचित्र 'मन्द–मन्द’मा नेपाली समाजमा बिद्यमान बेथितिको बिषयलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिने निर्देशक साने बताएका छन् ।