नेपाल राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल)ले आयोजना गरेको नेपाल लाइफ फोटो पत्रकारीता अवार्ड २०७५ सम्पन्न भएको छ । सम्पन्न कार्यक्रममा उत्कृष्ट १४ फोटोग्राफरलाई उत्कृष्ट फोटोग्राफर अवार्ड, एक जनालाई लाइफ टाइम अचिभमेन्ट र एक जनालाई विषेश सम्मान गरिएको छ । लाइफ टाईम फोटोपत्रकारीता अवार्डद्वारा वरिष्ट फोटोपत्रकार मिनरत्न वर्जचार्यलाई पचास हजार नगद र सम्मान पत्र सहित सम्मान गरिएको छ भने विषेश सम्मान पूर्वसशस्त्र प्रहरी नायव उपरिक्षक माधवबहादुर थापालाई दिइएको छ।
पुरस्कृत हुनेमा इसेवा १ नं प्रदेश फोटोपत्रकारिता अवार्ड: माइलाइफ डटकम झापाका सरद जोशी प्रदेश नं २ फोटोपत्रकारिता अवार्ड: अन्नपूर्ण पोष्टका दिवाकर भण्डारी, प्रदेश नं ३ फोटोपत्रकारिता अवार्ड: अन्नपूर्ण पोष्टकै अवार्ड मनिष दवाडीलाई दिइयो भने एनआइसि एसिया गण्डकी प्रदेश फोटोपत्रकारिता अवार्ड: आर्दश समाज डेलीका दुर्गा प्रसाद पौडेल, अर्घखाँची सिमेन्ट प्रदेश नं ५ फोटोपत्रकारिता अवार्ड: बुटवल टुडेका खगप्रसाद चापाँगाई, कर्णाली प्रदेश फोटोपत्रकारिता अवार्ड: रारास जाजरकोट हेमन्त केसी, सुदुरपश्चिम प्रदेश फोटोपत्रकारिता अवार्ड: सेरवहादुर सिँह रारास कन्चनपूर, पन्चकन्या ग्रुप विजनेश फोटोपत्रकारिता अवार्ड:कान्तिपुर दैनिकका सुरेन्द्र कुमार पुन, ग्लोबल आइएमई बैक महिला फोटोपत्रकारिता अवार्ड: गोरखापत्रकी कविता थापा, रुस्लान म्यूजीक मनोरन्जन फोटोपत्रकारिता अवार्ड: आउटलाईन न्युज एजेन्सीका राजन काफ्ले, थाहा अध्ययन प्रतिष्ठान पोलिटिकल फोटोपत्रकारीता अवार्ड: पहिलो पोष्ट डटकमका प्रविन रानाभाट, नेपाल टेलिकम डेली लाइफ फोटोपत्रकारीता अवार्ड: थाहा खवर डटकमका दिपक केसी, नेपाल एयर लाइन्स कल्चर एण्ड टुरिजम फोटोपत्रकारीता अवार्ड: सुनिल शर्मा सिन्ह्वा युज एजेन्सी र गोल्डस्टार सुज खेलकुद स्पोर्टस फोटोपत्रकारिता अवार्ड: राजधानी दैनीकका सुशिलकुमार श्रेष्ठ लागाएत १४ जनालाई जनही २५ हजार नगद राशी, ट्रफि र सम्मान पत्रले सम्मान गरिएको छ ।
देश भरीका फोटो पत्रकारहरुलाई प्रतिस्पर्धामा भाग लिनका लागि आव्हान गरिएको थियो र आवेदन दिनेहरु बाट प्रत्यक विधामा उत्कृष्ट ५ लाई मनोनयन गरिएको थियो । यसका साथै कार्यक्रममा हरिगोपाल प्रधानको नाममा स्थापना गरिएको फोटो पत्रकार सम्मानबाट: खेलकुद फोटोपत्रकारीताबाट सम्मान श्याम चित्रकार, मानेरन्जन फोटोपत्रकारीता महेश प्रधान, साहशिक फोटोपत्रकारीता देवकी विष्ट, संकृती र सम्पदा फोटोपत्रकारीता नातिकाजी डङगोल र पर्य—पर्यटन फोटोपत्रकारीता जर्नादन आर्याललाई प्रदान भए ।