अनुप बिक्रम साही अभिनित चलचित्र 'कप्स'को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।आइतबार इन्टर्नेटमा सार्वजनिक भएको ट्रेलरमा नेपाल प्रहरीले गुण्डागर्दीलाई निर्मुल पार्न गरेको संघर्षको कथा देख्न सकिन्छ । सम्राट सापकोटाको डेब्यु निर्देशन रहेको चलचित्रमा अनुप डीएसपी अमन सिंहको भूमिकामा देखिएका छन् । दिनरात नभनि राष्ट्रको सेवा गर्ने प्रहरीले अशान्ती र अशुरक्षा हटाउन गरेको प्रयासलाई 'कप्स'मा देखाइएको छ ।
अनुपविक्रम र संन्दीपाका साथमा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । एक्सन र लभस्टोरी जनरामा बनेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ । चलचित्र जेठ १७ देखी देशभर प्रदर्शनमा आउँदै छ ।