दिपक राज गिरी- दिपाश्री निरौला र रोहित अधिकारीको टिमअपबाट निर्माण हुने भनिएको चलचित्र ''छ माया छपक्कै' को राजधानीमा एक भब्य कार्यक्रमका बिच औपचारिक घोषणा भएको छ । दीपक-दीपाको प्रस्तुतीमा निर्माण हुने चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने छन् भने दीपाश्री निरौलाले निर्देशन सल्लाहकारको जिम्मा लिएकी छिन् । चलचित्र निर्माण घोषणा गरेसँगै नायिकाको भूमिकामा कसलाई लिने भन्ने अनेक अड्कल बाजी चलिरहेको थियो, त्यो अनुमानलाई चिर्दै टिमले नायिका केकी अधिकारीलाई नायिकाको रुपमा सार्वजनिक गरेको हो । केकीसँगै चलचित्रमा दीपक राज गिरी केदार घिमिरे, जितु नेपालको मुख्य भुमिका रहने तय भइसकेको छ भने बाँकी कलाकार पनि छिट्टै फाइनल हुने दीपकले बताए । उनले चलचित्र बारे थप बोल्दै भने स्कृप्ट पुर्ण रुपमा फाइनल नभएको र आफु र टिम पुर्ण रुपमा त्यसमा लागिपरिरहेका छौँ ।

'छ माया छपक्कै' को औपचारिक घोषणा

यसैगरी निर्देशक लामाले ‘छ माया छपक्कै’लाई दीपकराज गिरीको अघिल्लो फिल्म ‘छक्का पञ्जा’को अर्को संस्करण नभएको बताए । ‘पक्कै पनि छक्का पञ्जा होइन, यसमा सामाजिक कथावस्तु सहित नयाँपन छ’ उनले भने, ‘दर्शकले नयाँ टेस्ट प्राप्त गर्नुहुनेछ ।’  मनोरन्जननात्मक माहोलामा सम्पन्न भएको कार्यक्रममा दिपक राज गिरीका अनुसार आफ्नो टिमले निर्माण गरेको सिनेमा ‘छक्का पञ्जा’ सिरिजको भन्दा अझै बढी व्यापार गर्न र दर्शकको मन जित्न सफल हुने छ ।  साथै निर्देशक हुँदाहुँदै दीपाश्रीलाई निर्देशन सल्लाहकार राख्न आवश्यक किन भन्ने प्रश्नमा गिरीले दीपेन्द्र लाई सेरेमोनियल निर्देशक बनाउनु भन्दा पनि मिलेर काम गर्ने उद्देश्य भएको बताएका छन् ।

जेष्ठको पहिलो साताबाट छायाँकनको तयारीमा रहेको चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्नेछन् भने छ हिट भएको खण्डमा सहमती अनुसार नाफाको ५० प्रतिसत दिपक दीपाले पाउँनेछन् ।केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको ''छ माया छपक्कै''लाई  विपिन मल्लले सम्पादन र हरि हुमागाँईले छायाँकन गर्ने छन् । यस अघि दिपक दिपाले हात हालेका चलचित्रले दर्शकको भरपुर साथ पाएको थियो अहिलेको समयमा झन निखारिएर आउने तयारी गरिरहेको 'छ माया छपक्कै' ले पक्कै दर्शकको मन जित्नेछ किनकी आफ्नो सामुहिक प्रयासबाट राम्रो काम बन्नेमा चलचित्र टिम आशाबादी रहेको छ ।